खेलकुद

महिला टी २० विश्वकप छनोट ; नेपाल र हङकङको खेल रद्द

काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ ।

थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकी रद्द भएको हो ।

आजको खेलमा नेपाल र हङकङले अङ्क बाँडेका छन् । आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ ।

एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात् समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले अब भोलि बहराइनसँग खेल्नेछ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...