भारतमा रहदा समस्यामा परे यी नम्बरमा गर्नुहोस् कल
काठमाडौं। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।
दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
“भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,” सूचनामा भनिएको छ ।
कुनै आपत्कालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।
भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँदिल्लीस्थित दूतावासमा ं९१–११२३४७६२०० नम्बरमा, हटलाइन नम्बर स् ं९१–८९२९६०१९२५ मा, कोलकक्तास्थित महावाणिज्य दूतावासमा टेलिफोन नम्बर स् ं९१–०३२४५६१२२४ र मोवाईल नम्बर स् ं९१–९७४८४६६९०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




