स्कटल्याण्ड भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने आईसीसी एक दिवसीय लिग २ र टी २०आई सिरिजका लागि आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख मात्र ब्याटर रहेका छन् ।
अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन् । बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
२०७८ सालको मंसिरमा क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको थियो । सोही समयमा क्यानले ज्ञानेन्द्र मल्ललाई पनि कप्तानको जिम्मेवारीबाट हटाएको थियो ।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




