खेलकुद

भारत र पाकिस्तानबीचको तनावले स्थगित आईपीएल सुरु हुँदै

काठमाडौँ। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबार ९मे १७० देखि पुनः सुरु हुने भएको छ। शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीआईसीसी०ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो। बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ।

साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुने जनाइएको छ। आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।

यसअघि जयपुरमा कुनै पनि खेल नहुने अनुमान गरिएको थियो । तर बोर्डले चयन गरेका ६ सहरमध्ये जयपुर पनि समावेश गरिएको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ।

परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले प्रेस विज्ञप्तिमा भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’

यसैगरी आईपीएलले भनेको छ, ‘बाँकी कुल १७ खेल ६ स्थानमा खेलिनेछन् । बाँकी खेल १७ मे २०२५ बाट सुरु भएर ३ जुन २०२५ मा फाइनलसँगै समाप्त हुनेछन् । नयाँ तालिकामा समावेश डबल–हेडर खेल आइतबारको दिन खेलाइने छ ।’

क्वालिफायर मे २९ र इलिमिनेटर ३० मा हुनेछ। त्यस्तै, क्वालिफायर २ जेठ १८ गते ९जुन १० मा हुनेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...