बुधबार, असार १८, २०८२
English
Follow us:

पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको छ : मोदी

पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको छ : मोदी

  • खबर सेवा

  • मङ्लबार, बैशाख ३०, २०८२

  • 59
    SHARES
पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको छ : मोदी

काठमाडौं। पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

उनले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाएका छन्। आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उनको चेतावनी छ।

आफूहरूले गरेको जवाफी कारबाहीमा एक सय जनाभन्दा धेरै आतंककारी मारिएका भारतीय प्रधानमन्त्री मोदीको दाबी छ। साथै उनले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरे।

पाकिस्तानविरुद्धको सैन्य कारबाही स्थगित गरिएको तर अवस्था हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने भारतीय पक्षले चेतावनी दिएको छ ।

मोदीले बुद्ध पूर्णिमाको समेत स्मरण गर्दै मानवता र शान्ति नै समृद्धिको यात्रा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ तारिखमा भएको आतंकवादी आक्रमणको १५ दिनपछि भारतले अपरेशन सिन्दूर नामक सैन्य कारबाही थालेको थियो । तर गएको शनिवार दुई देश युद्धविरामका लागि सहमत भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बन्द विमानस्थलहरू खुलेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology