स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई रास्वपा कार्यवाहक महामन्त्रीको कडा जवाफ
काठमाण्डौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एक कार्यक्रममा नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गराउन मानेनन् भने घरमै गएर खुट्टा ढोकेर भएपनि नवीकरण गराउनु भन्ने उर्दी जारी गरेको भिडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन्।
कार्यवाहक महामन्त्री बुर्लाकोटीले काङ्ग्रेसका नेताको सो भनाइप्रति कटाक्ष गर्दै पार्टी को नीति, नेतृत्व र प्रवृत्ति चित्त नबुझे खुट्टै ढोगे पनि पुराना दलको सदस्यता नलिनु र लिएको भए नवीकरण नगर्नु भन्ने आशयले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्।
देशमा विद्यमान चरम भ्रष्टाचार, बेथिति र लुटतन्त्रबाट वाक्क दिक्क भएका नागरिकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ वैकल्पिक पार्टीहरूको उदय सँगसँगै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना पार्टीहरूको नयाँ सदस्यता लिने सङ्ख्या लगभग ठप्प भएको र नवीकरण गर्नेको सङ्ख्या पनि घट्दो क्रममा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पाँच महिनामै देशको चौथो ठूलो दल हुनेगरी व्यापक जनलहर प्राप्त गर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सञ्चार कर्मबाट देशमा व्याप्त भ्रष्टाचार र विदेशमा रहेका नेपालीहरूको उद्धारमा कहलिएका थिए । त्यसकै जगमा स्थापित पार्टीमा सक्षम र अब्बल व्यक्ति हरू जोडिने क्रम निरन्तर जारी रहेको छ।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको एकबखत दैनिक ५०० भन्दा बढीले सदस्यता लिने गरेको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पूर्ण डिजिटल रहेको छ। सदस्यता फारम भर्ने, कागजपत्र अपलोड गर्ने देखि भेरिफाई गर्ने र पार्टी सदस्यको परिचयपत्र समेत डिजिटल्ली मोबाइल एपबाट प्रदान गर्ने गरिएको छ।
सदस्यको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी एकमात्र पूर्ण डिजिटल सदस्यता रहेको पार्टी हो। राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता शुल्क रु १००० भएपनि शुल्क तिर्न नसक्नेहरूले सो ऐच्छिक डिस्काउन्ट गरी तिर्न सक्नेछन्।
mobile appबाट सदस्य बन्नेहरूले न्यूनतम रु १० बाट माथि भुक्तानी गर्न सकिने प्रविधि राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्ने लर्को चलिराख्दाखेरि पुरानो पार्टी नेपाली कांग्रेसले भने पार्टी सदस्यता नवीकरण गर्न खुट्टा नै ढोग्नुपर्ने घरघर गएर खुट्टा ढोग्न निर्देशन दिइरहँदा आफूलाई मन नपरेको पुराना पार्टीले खुट्टा नै ढोगे पनि सदस्यता नलिन वा लिएको भए नवीकरण नगर्न अनुरोध स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री बुर्लाकोटीले सामाजिक सञ्जालमा पोस्ट राखेको देखिन्छ ।
यसबारे प्रतिक्रिया लिन राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूसँग सम्पर्क गर्दा खुट्टा ढोगे पनि पटकपटक सरकारमा रहेर देशको भलो गर्नुको सट्टा देश खोक्रो बनाउने पुराना पार्टीको सदस्यता नलिन र नवीकरण नगर्न आम नागरिकलाई आह्वान गरिएको कुरा पार्टी सम्बद्ध सदस्यहरु बताउँछन्।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सो भिडियो खुट्टा ढोग्न निर्देशन का नाममा भाइरल भएको छ। प्रदिप पौडेल चर्चामा आयो होला तर उनको भाइरल भिडियो हेरेपछि सदस्यता नवीकरण गर्नेको सङ्ख्या झनै घट्दै गएको जानकारहरू बताउँछन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...
झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै
काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...




