रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर बन्दीप्रत्यक्षीकरणको रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा पुगेको छ । रिटमा मंगलबार सर्वोच्च अदालतमा पेसी तोकिए पनि हेर्न नमिल्ने भएको हो ।
गएको आइतबार न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको मुद्दामा हेर्न नमिल्ने भएको थियो । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो ।
आइतबार न्यायाधीश सुनिल कुमार पोखरेलको कारण हेर्न नमिल्ने भएको थियो । अधिवक्ता हुँदा रविका विभिन्न मुद्दाहरूमा पोखरेलले वकालत गरेका थिए । भने, मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको कारण लामिछानेको रिटमा हेर्न नमिल्नेमा पुगेको हो । न्यायाधीश फुयालले यसअघि लामिछानेको पासपोर्टसम्बन्धी मुद्दामा निरुपण गरेका थिए ।
९ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेका थिए । त्यसपछि आइतबार पेसि तोकिएको यो रिटमा लामिछानेको यो मुद्दामा मंगलबार पेसी तोकिएको थियो ।
बन्दीप्रत्यक्षीकरण सँगै एक साथ राखेर उच्च अदालतले थुनाम पठाउने दिएको आदेशविरुद्धको मुद्दामा समेत सोही इजलासमा राखिएको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छोड्न दिएको आदेशलाई उल्ट्याउँदै उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएपछि उच्चविरुद्ध लामिछाने सर्वोच्च पुगेको मुद्दासमेत हेर्न नमिल्नेमा पुगेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...
झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै
काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...




