खेलकुद

विश्वकप एसिया छनोटः हङकङसँग नेपाल पराजित

काठमाडौं। आइेईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको ३० रनको लक्ष्य हङकङले निर्धारित ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। गएरातिको वर्षाका कारण मैदान भिजेपछि ढिला सुरु भएको खेल ५ ओभरमा छोट्याएर खेलाइएको थियो।

हङकङका लागि ओपनर सन्जिन सहजाद १५ र यास्मिन डास्वानी ३ रनमा अविजित रहे। क्यारी चान र कप्तान नतासा माइल्स शून्य रनमा नै आउट भए। हङकङलाई अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा कविता कुवँरले पहिलो बलमा मारिको हिललाई बोल्ड आउट गराइन्। तर दोस्रो बलमा दुई रन दिँदा तेस्रो बलमा १ रन दिएपछि नेपालले हार भोगेको हो।

त्यसअघि थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा २९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि सम्झाना खड्का १० रन बनाउँदै क्याच आउट भइन्। कप्तान इन्दु बर्मा ९ र रुविना क्षेत्री ४ रनमा नटआउट रहे। पूजा महतो ३ रनमा क्याच आउट नै भइन्। कविता कुवँर २ रन बनाउँदा बोल्ड आउट भइन्।

पहिलो खेलमा हङकङसँग अंक बाँडेको नेपालले दोस्रो खेलमा हार भोग्दा सुपर ३ मा पुग्ने यात्रा केही कठिन बनेको छ। दोस्रो खेलमा भने नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो।

हङकङ र बहराइनबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो। समुह चरणको अन्तिम खेलमा नेपालले पर्सि बिहीबार बहराइनसँग खेल्नेछ। हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ।

नेपालले अब सुपर थ्री मा स्थान बनाउन बहराइनविरुद्ध जित निकाल्नुपर्नेछ भने अर्को खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ।
छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन्। समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन्। समूह ‘बी’ मा युएई, कतार र मलेसिया छन्।

डबल राउण्ड रोविनमा समूह चरणका खेल हुनेछ। समूहका शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन्। सुपर थ्री को शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...