समाचार

यी स्थानमा आज पनि वर्षा हुने

काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...