अर्थ

कति पुग्यो सुनको भाउ?

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...