महिला टी २० विश्वकप एसिया छनोट ; बहराइनमाथि नेपालको जित
काठमाडौं। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ।
बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर ३ मा पुग्ने सम्भावना कायम राखेको हो। थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो।
वर्षा रोकिएपछि नेपाललाई डिएसएलको मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। जुन लक्ष्य नेपालले ५।४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कप्तान इन्दू बर्माले राम्रो ब्याटिङ गर्न सकिन्। उनले ७ बलमा नटआउट २४ रन जोड्दा नेपालको जित सम्भव भयो। उनले ४ चौका र १ छक्का प्रहार गरिन्। पाँचौ ओभरमा लगातार तीन चौका प्रहार गरेपछि नेपाल जित नजिक पुगेको थियो।
त्यसअघि ओपरन सम्झना खड्का ५ रनमा रनटआउट हुँदा रुबी पद्दारले १ रन मात्र बनाउन सकिन्। कविता जोशी शून्यमा आउट भइन् भने पूजा महतोले ११ बलमा २ चौका प्रहार गर्दै १३ रनको योगदान दिइन्।
जितसँगै नेपालले समूहमा चार खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। यसअघि हङकङसँगको पहिलो खेल रद्द हुँदा नेपालले बहराइनविरुद्धको खेलमा ९ विकेटको जित निकालेको थियो। हङकङविरूद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो।
४ अंक जोडेको हङकङ र १ अंक जोडेको बहराइनबीचको भोलि हुने खेलपछि सुपर ३ मा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपाल सुपर ३ मा पुग्न हङकङ पराजित हुनुपर्ने समिकरण छ। वर्षाले खेल रद्द भएर अंक बाँडेमा रनरेटमा हङकङअघि छ। हङकङले जित निकाले पनि नेपाल बाहिरिनेछ।
समूहमा प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।
एसियाबाट दुई टोली पुग्ने विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी २० विश्वकपमा छनोट हुनेछन्।
नेपालले विश्वकप एसिया छनोटका लागि दिल्लीमा तयारी गरेको थियो। जहाँ नेपालले दिल्लीको टोलीसँग पाँच वटा अभ्यास खेलको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




