खेलकुद

बार्सिलोनालाई २८ औँ पटक लालिगाको उपाधि

काठमाडौं। बार्सिलोनाले स्पेनिस लालिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा स्प्यानोललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २८ औँ ला लिगाको उपाधि पक्का गरेको हो। बार्सिलोनाले आइतबार भिल्ला रियलविरुद्धको खेलपछि औपचारिक रुपमा उपाधि उचाल्नेछ।
जारी सिजन बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कपकोसमेत उपाधि हात पारेको थियो।

ला लिगामा २ खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि सात अंकको अग्रता बनाएको छ। बार्सिलोनाको जितमा लामिन यामल र फर्मिन लोपेजले निर्णायक गोल गरे। खेलको ५३ औँ मिनेटमा ड्यानी ओल्मोको पासमा यामलको गोलमा बार्साले सुरुवाती अग्रता बनाएको थियो।

खेलको इन्ज्युरी समयमा यामलको पासमा फर्मिन लोपेजले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसअघि खेलको ८० औँ मिनेटमा स्प्यानोलका लुइस कार्बेराले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको थियो। गएराति नै भएको अन्य खेलमा ओसासुनाले एथलेटिको मड्रिडलाई तथा एथलेटिको क्लबले गेटाफेलाई समान २–० गोलले पराजित गरेको छ।

रियल बेटीस र रायो भालेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...