महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइन र हङकङ भिड्दै, नेपाल विश्वकप पुग्नेनपुग्ने निश्चित हुने
काठमाडौंं। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।
यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्नेरनपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।
यसअघि हिजोको खेलमा नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको थियो।
योसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




