सुनको भाउ आज बढ्यो
काठमाडौं। हिजो तोलाको तीन हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि व्यापक मात्रामा बढेको छ। सुनको मूल्य आज प्रतितोला तीन हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार पाँचसय रुपैयाँ घटेर एक लाख ८१ हजार आठसय रुपैयाँमा झरेको थियो। आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




