राजनीति

रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा

काठमाडौं। उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनको सुनुवाइ भइरहेको जानकारी लामिछाने र जोशीलाई सूचना दिन पनि आदेश गरेको छ ।

“प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान् वरिष्ठ कानुन व्यवसायीहरूले प्रतिवादीहरू हाल अन्य निवेदनको सन्दर्भमा कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेको भनी जानकारी गराउनु भएको सन्दर्भलाई विचार गरी रवि र छविलाललाई सुनुवाइको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागार कार्यालयमार्फत पठाई निवेदक प्रतिवादीहरू आरती गुरूङ, मीना गुरूङ, रामबहादुर खनाल, लीला पछाईं र कृष्णबहादुर गुरूङका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी प्रस्तुत प्रतिवेदनलाई जेठ ४ गतेको हेर्दाहेर्दैको पेसीमा तोकी नियमानुसार पेस गर्नू,” आदेशमा भनिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी अभियोगमा कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख र जोशीसँग ८८ लाख धरौटी माग गरी धरौटी तारेखको आदेश गरेको थियो । उक्त आदेशविरूद्ध आफूलाई साधारण तारेखमा राख्नुपर्ने भन्दै लामिछाने र जोशीसहितले उच्च अदालत पोखरामा जिल्लाको बेरितको आदेश बदरको माग लिएर निवेदन दर्ता गराएका थिए । सरकारी वकिलले भने जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउन आदेश माग गर्दै निवेदन दिएको छ ।

 

सम्बन्धित समाचार

चितवन २ मा रविको फराकिलो अग्रता

चितवन २ मा रविको फराकिलो अग्रता

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्...

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...