खेलकुद

अभ्यास खेलमा नेपाली टोली विजयी

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड शृंखलाको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ।

न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो। नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्‍यो।

शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन गरेपनि मध्यक्रममा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए।

गुलशनले ८० रनको योगदान दिँदा आरिफ ७२ रनमा नटआउट रहे। सोमपालले नटआउट ९ रन जोडे। नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा कप्तानी सम्हालेका दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए।

उनी आउट हुँदा नेपाल ५६(६ को दयनीय अवस्थामा थियो। तर गुलशन र आरिफले सात विकेटका लागि १ सय ३३ रनको बलियो साझेदारी बुन्दै जितको आधार बनाए।

त्यसअघि कार्डिफमा अवस्थित न्यू पोर्टले २ सय १२ रन जोडेको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले १ सय १८ रनको योगदान दिए।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ सफलता हात पारे । रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले १(१ विकेट लिए।

नेपालले स्कटल्यान्ड ‘ए’ सँग २ अभ्यास खेल खेल्नुअघि विश्वविद्यालय टोलीसँग पनि अभ्यास खेल खेल्नेछ। कप्तान रोहित शनिबार बेलायत प्रस्थान गर्दैछन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...