बुधबार, असार १८, २०८२
English
Follow us:

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

  • खबर सेवा

  • शनिबार, जेष्ठ ४, २०८२

  • 55
    SHARES
कति छ तरकारीको मूल्य?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउलीसहितका तरकारीको मूल्य बढेको छ। भण्टा, फर्सीसहितका तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा ४५, तराईको सानो गालेभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३६, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, लोकल गाँजर ४६, बन्दा १२, स्थानीय काउली ४५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा २७, डल्ले भन्टा २७, तने बोडी ६५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि करेला २७, परबल ५५, घिरौँला ३२, झिँगुनी ६५, हरियो फर्सी लाम्चो ४५, डल्ले फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी २५, कन्य च्याउ १९०, डल्ले च्याउ ३२६, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा ४५, तराईको सानो गालेभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३७, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, लोकल गाँजर ५०, बन्दा १२, स्थानीय काउली ४०, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ३०, परबल ५५, घिरौँला ३२, झिँगुनी ६५, हरियो फर्सी लाम्चो ५५, डल्ले फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी २५, कन्य च्याउ १९०, डल्ले च्याउ ३२६, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology