राजनीति

माधव नेपालले भने : हत्यारालाई उजागर हुनुपर्छ

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु घटनाको सत्यतथ्य उजागर हुनुपर्ने बताएका छन्।

३२औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा शनिबार ९जेठ ३० काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको उल्लेख गरे । त्यसलाई उजागर गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

घटनाको छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याएर अपराधीलाई नांगेझार पार्नुपर्ने उनले बताए । “।।।सुन्नमा आइरा’छ, कतिपय नेताहरूले कुराहरू पनि उठाएका छन् कि कुनै प्रतिक्रियावादी पार्टीसँग जोडिएकाहरूको योजना थियो रे,” उनले भने, “त्यो हो भने पनि छानबिन गरेर, सत्यतथ्य ल्याएर, अपराधीहरूलाई नांगेझार पारेर, कसरी उनीहरूले मदन भण्डारी र जीवराज आश्रितको हत्या गर्ने काम गर्न सके त्यसलाई उजागर गर्न सक्नुपर्छ ।”

अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन मदन भण्डारीले गरेको योगदानको उनले स्मरण गरे । उनले अब आफूहरू कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने बताए ।

विचार मिल्नेसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने उनले बताए।
कम्युनिस्ट आन्दोलनमा एकताबद्ध हुने र छाड्ने प्रक्रिया निरन्तर चल्ने भएकाले यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

सम्बन्धित समाचार

चितवन २ मा रविको फराकिलो अग्रता

चितवन २ मा रविको फराकिलो अग्रता

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्...

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...