शेख हसिनाको सम्पत्ति छानबिन गर्न अनुसन्धान टोली गठन
बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी)ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवैध सम्पत्तिको अनुसन्धान सुरु गर्न लागिएको बताएको छ। अनुसन्धानको जिम्मेवारी एसीसीका उपनिर्देशक मसुदुर रहमानलाई दिइएको छ।
एसीसीका एक अधिकारीका अनुसार आइतबार उपनिर्देशक रहमानको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको छ। अनुसन्धान टोलीले शेख हसिनाका चल र अचल सम्पत्तिको छानबिन गर्नेछ। यसैबीच पूर्वाचल प्लट ठगी मुद्दामा आरोपपत्र दायर गरिएपछि अदालतले शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
एसीसीले अब विमानस्थल विकास परियोजनाहरूमा भएका घोटाला प्रकरणमा पनि शेख हसिनाविरुद्ध अर्को मुद्दा दायर गर्ने भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




