आईपीएल : गुजरात, आरसीबी र पन्जाब प्लेअफमा
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्स १० विकेटको जित निकाल्दै ‘प्ले अफ’ पुगेको छ।
गुजरातले दिल्ली क्यापिटल्सलाई १० विकेटको फराकिलो अन्तरमा हरायो।
गुजरातको जितमा रोयल च्यालेन्जर्स पन्जाब (आरसीबी) र पन्जाब सुपर किंग्स पनि प्ले अफमा प्रवेश गरेका छन्।
जितको लागि २ सय रनको चुनौती गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको सानदार जित दर्ज गर्यो।
ओपनरद्वय शुभमन र सुदर्शनले सानदार शैलीमा गुजरातलाई एकपक्षीय जित दिलाए। दिल्लीका कुनै पनि बलरले यी दुई खेलाडीलाई आउट गर्न सकेनन्।
शुभमनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०८ रन जोडे। शुभमनले ५३ बलमा अविजित ९३ रन बनाए। यो सँगै गुजरातले १० विकेटको जित हात पार्यो।
त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनायो।
ओपनर फाप डु प्लेसिस ५ रनमा आउट हुँदा दिल्लीले १६ रन बनाएको थियो। तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटको लागि ९० रनको साझेदारी गरे।
अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए। अक्षर पटेल २५ रनमा समेटिए। केएल राहुल भने क्रिजमा जमे। उनले शतकीय पारी खेले।
केएलले ६० बल खेल्दै १२ चौका र ४ छक्का सहित शतकीय सफलता प्राप्त गरे। उनले बिष्फोटक ब्याटिङ गर्दै अविजित १ सय १२ रनको तारिफयोग्य प्रदर्शन गरे। ट्रिस्टान स्टब्स अविजित २१ रनमा रहे।
बलिङमा गुजरातको लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए।
यो जितमा गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ। समान १७ अंक बनाएका आरसिबी र पन्जाब पनि प्ले अफमा पुगे।
अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अपमा पुग्नेछन्। मुम्बईसँग १४, दिल्लीसँग १३ र लखनउसँग १० अंक रहेको छ। लखनउले १० खेल खेलेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




