राजनीति

हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा बाढीपहिरोबाट विस्थापितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार ९जेठ ५० गृह मन्त्रालयमा बसेको बैठकमा उनले विस्थापितलाई तत्काल त्रिपाल, खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले विस्थापितका निम्ति तत्काल हेलिकोप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए । तत्काल विस्थापितको खानेबस्ने व्यवस्था र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न उनले निर्देशन दिए।

राहत एवं स्थलगत अध्ययननिम्ति कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न समेत उनले मातहतका निकायलाई निर्देशन दिए ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६, तिलगाउँमा एक्कासि आएको लेदोसहितको बाढीले स्थानीय विस्थापित भएका छन । त्यहाँ करिब ३२ जना विस्थापित भएका छन् ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए ।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला निकायका अधिकारीको सहभागिता रहेको गृह मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...