बैंक अफ काठमाण्डूको शाखा कास्कीको पावरहाउसमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको शुक्रबार शुभारम्भ भएको छ । एक समारोहकाबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी बिताइन् । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको उनले जानकारी दिइन् ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको बताए ।
बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

You might also like
Comments
Loading...