आईपीएलमा धोनी टिमले ब्यहोर्यो अर्को हार
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ।
जितको लागि १८८ रनको चुनौती राजस्थानले १७.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए।
सञ्जु सामसनले ४१ रन जोडे। वैभव सूर्यवंशीले ३३ बल खेल्दै ४ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए।
यसपछि धुर्व जुरेलले अविजित अविजित ३१ र सिम्रोन हेटमेर अविजित १२ रनमा रहँदै टोलीलाई ६ विकेटको जित दिलाए।
बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।
त्यसअघि अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोज्यो। चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८७ रनको योगफल तयार पार्यो।
चेन्नईका डेभोन कोनवे १० रनमा आउट भए।
२० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै आयुष महात्रेले ४३ रनको पारी खेले। यसपछि डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे।
यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए। बलिङमा आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए।
लिग चरणबाट बाहिरिसकेका राजस्थानले यो जितमा ८ अंक बनाएको छ। चेन्नईसँग ६ अंक रहेको छ। चेन्नई लिगको पुछारमा र राजस्थान नवौं स्थानमा छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




