आईपीएल : कुन कुन टोली प्लेअफ नपुगी बाहिरिए?
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बइ इन्डियन्स प्लेअफ पुगेको छ।
बुधबार राति भएको खेलमा दिल्लीलाई हराउँदै मुम्बइ प्लेअफमा पुग्ने चौथो टोली बनेको हो। यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैग्लुरु र पन्जाब किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन्।
मुम्बइले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा समेटियो। दिल्लीका लागि समिर रिज्भीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। भिपराज निगम २० र आशुतोष शर्माले १ र ओपनर केएल राहुलले ११ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
दिल्लीलाई सस्तैमा रोक्न मिचेल सान्टनर र जसप्रित बुमराहले समान ३ विकेट लिए। कर्ण शर्मा, टे«न बोल्ट, दिपक चाहार र विल ज्याम्सले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि मुम्बइको घरेलु मैदानमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।
मुम्बइका सुर्यकुमार यादव ७३ रनमा अविजित रहे। यादवले ४३ बलमा ७ चौका र ४ चौका प्रहार गरे। तिलक बर्माले २७ र रायन रिकेल्टोनले २५ रन थपे। निमर धिर २४ रनमा अविजित रहे। विल ज्याक्सले २१ रन बनाए।
दिल्लीका मुकेस कुमारले २ विकेट लिए। कुलदिप यादव, दुस्माथा चमिरा र मुस्ताफीजुरले समान एक विकेट आफ्नो नाममा गरे।
आईपीएलको यो सिजन दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नइ सुपर किंग्स लिग चरणबाटै बाहिरिएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




