अर्थ

नेप्सेमा सुधार

काठमाडौं। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले वृद्धि हुँदै रोकिएको छ। मंगलबार सेयर बजारमा २.५३ अंकले वृद्धि हुँदै २६७७.३० विन्दुमा पुगेर बन्द भएको छ।

सेयर बजार झिनो अंकले वृद्धि हुँदा कारोबार रकममा भारी गिरावट आएको छ। सोमबार साढे ७ अर्बको सेयर कारोबार हुँदा आज एक अर्ब कम हुँदै साढे ६ अर्बको कारोबार भएको हो। आज कारोबार भएकामध्ये ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा कारोबारका आधारमा कर्पोरेट विकास बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड, ग्रीन विकास बैंक लिमिटेड, भूगोल इनर्जी विकास कम्पनी लिमिटेड, पुरे इनर्जी लिमिटेड र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन्।

यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुनेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।

आज ८५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ।

सम्बन्धित समाचार

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना

कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...