अर्थ

लुम्बिनी विकास बैंकद्वारा वित्तीय जनचेतनामूलक प्रभातफेरी

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्देश्यले पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ । विभिन्न वित्तिय साक्षरता सम्वन्धित जनचेतना मूलक गतिविधिहरु गर्दै आइरहेको बैंकले पोखरामा प्रभातफेरी गरेको हो ।

बैंकको पोखराको न्यूरोड शाखाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन न्यूरोड शाखामा आएर समापन भएको थियो । प्रभातफेरीमा बैंकको पोखरा शाखाहरु तथा बैंकको केन्द्रिय कार्यालयबाट समेत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बैंकको सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सबैको पहुँचमा बैंक पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले गाउँमा हैन शहरमा पनि बैंकको पहुँच बाहिर रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका विभिन्न शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्दै आईरहेको बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...