खेलकुद

यस्तो बन्यो आईपीएल २०२५ को अन्तिम ४ समिकरण

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लोर भिड्ने भएका छन्।

गएराति भएको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्टलाई ६ विकेटले पराजित गर्दै रोयल च्यालेन्स बैग्लोरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

लिग चरणको अन्तिम खेलसँगै आईपीएलको क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुंगो लागेको छ।

आईपीएलको अंक तालिकामा पञ्जावले शीर्ष र बैग्लुरुले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका हुन्।

१४ खेलबाट समान ९ खेलमा जित, ४ खेलमा हार र १ खेलमा अंक बाँडेका पञ्जाव र बैग्लुरु शीर्ष र दोस्रो स्थानमा रहेका हुन्। समान १९ अंक भएपनि नेट रनरेटमा पञ्जाव शीर्ष र बैग्लोर दोस्रो स्थानमा रहे।

लिगको एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बइ इन्डियन्स भिड्नेछन्। समान १४ खेलबाट १८ अंक भएको गुजरात तेस्रो र १६ अंक भएको मुम्बइ चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्ने भएका हुन्।

लखनउले दिएको २ सय २८ रनको लक्ष्य बैग्लुरुले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। बैग्लुरुका कप्तान जितेश शर्मा ८५ रनमा अविजित रहे। उनले ३३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।

मयंक अग्रवाल ४१ रनमा नटआउट रहे। विराट कोहली ३० बलमा १० चौका सहयोगमा ५४ रन बनाउँदा क्याच आउट हुन पुगे। फिल साल्ट ३० रनमा क्याच आउट भए।

त्यसअघि लखनउस्थित भारत रत्न श्री अटल विहारी भाजपायी एकाना क्रिकेट स्टेडियममा बैग्लुरुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो।

लखनउका कप्तान रिसभ पन्तले सर्वाधिक १ सय १८ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्। रिषभले ६१ बलमा ११ चौका र ८ छक्का सहयोगमा १ सय १८ रनमा अविजित रहे। ओपनर मिचेल मार्सले ६७ रन थपे।

पहिलो क्वालिफायर खेल भोलि बिहिबार हुनेछ। पहिलो क्वालिफायरमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्न थप एक अवसर पाउनेछ। पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्न पाउनेछ।

एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पराजित हुने टोली बाहिरिनेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...