
अमेरिकाले विदेशमा रहेका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदनहरू अस्थायी रूपमा रोक्न आदेश दिएको छ। अमेरिकाले अब आवेदकहरूको सामाजिक सञ्जालको गहन छानबिनको प्रक्रिया पनि सुरु गर्ने बताएको छ।
हार्वर्ड विश्वविद्यालयलाई दिने गरिएको सरकारी कोषको समीक्षा गर्ने तयारी भइरहेको खबरपछि त्यस्तो आदेश आएको हो।
यसले ट्रम्प प्रशासन र केही अमेरिकी विश्वविद्यालयबीच जारी विवादमा नयाँ मोड ल्याएको छ। धेरै अमेरिकी कलेज आर्थिक रुपमा विदेशी विद्यार्थीमा निर्भर छन्।