अर्थ

नेप्से परिसूचक १७.४४ अङ्कले बढ्यो

काठमाडौं। नेप्से परिसूचक दोहोरो अङ्कको सुधार आएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १७।४४ अंकले बढेर २ हजार ६९३.०६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १।५९ अङ्कले बढेको छ ।

बुधवार कारोबारमा आएका ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका मध्ये २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ग्रिन डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९।८५ प्रतिशतले बढेको छ । तर बाराही हाईड्रोपावरको सर्वाधिक घटेर कारोबार भएको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको सेयर किनबेच भएको छ ।

 

सम्बन्धित समाचार

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना

कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...