आईपीएलको दोस्रो क्वालिफायर टुंगो लाग्दै
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा आज आइतबार पन्जाब किंग्स र मुम्बई इन्डियन्स भिड्दैछन्।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
यो खेलको विजेता उपाधिका लागि रोयल च्यालेन्जर्स बैग्लुरु (आरसीबी)सँग भिड्नेछ। उपाधि भिडन्त मंगलबार राति हुनेछ।
पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनेछ। लिग चरणमा पञ्जावले अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो। मुम्बइ भने चौथो स्थानमा रहेर एलिमिनेटर खेल खेलेको थियो।
पहिलो क्वालिफायरमा बैग्लुरुसँग ८ विकेटले पराजित भएको पञ्जावले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
फाइनल खेल्न दोस्रो मौका पाएको पञ्जाव आजको खेलमा मुम्बईविरुद्ध जित निकाल्दै फाइनल खेल्न चाहन्छ।
उता एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको मुम्बई पनि पञ्वावसँगको उपाधि भिडन्त पक्का गर्न चाहन्छ।
लिग चरणको खेलमा पञ्जावले मुम्बईलाई ७ विकेटले हराएको थियो। दोस्रो क्वालिफायरमा पनि पञ्जाव सोही नतिजालाई निरन्तरता दिने योजनामा हुनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




