राज्यको दमन निन्दनीय : राप्रपा
काठमाण्डौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रशासनिक हस्तक्षेपप्रति घोर भर्त्सना गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले राजावादी नेताप्रति प्रशासनले गरेको व्यवहारप्रति भत्र्सना गरेको हो।
आज निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति राप्रपाले घोर भर्त्सना गरेको छ ।
बैठकपश्चात् राप्रपा प्रवक्ता मोहन कुरमा श्रेष्ठद्धारा हस्तताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा।दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओलीभन्दा बालेन भारी मतले अगाडि
काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
काठमाडौं। २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने...
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...




