खेलकुद

१८ वर्षपछि आईपीएलको उपाधि आरसीबीलाई

काठमाडौँ। पन्जाब किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि उचालेको छ।

मंगलबार राति सम्पन्न आईपीएलको १८ औँ संस्करणले आठौँ नयाँ च्याम्पियन पाएको हो। यसअघि सात टोलीले आईपीएलको उपाधि जित्दा आरसीबी रित्तो हात थियो।

आरसीबी यसपालि पञ्जाबलाई ६ रनले हराउँदै नयाँ च्याम्पियनका रुपमा उदाएको हो।

आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो।

पञ्जाबका जस इङ्लिसले बनाएको ३९ रन नै टोलीका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याको बलमा क्याच आउट हुन पुगे।

ओपनर प्रियांश आर्याले २४ र प्रविसिमरन सिंहले २६ रन थपे। पहिलो विकेटका लागि आर्या र सिंहले ४।६ ओभरमा ४३ रनको साझेदारी गरेका थिए।

नेहाल वाडेरा १५ रनमा क्याच आउट हुन पुगे।

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको थियो।

बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे।

कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे। मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे। लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे।

१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे। रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे।

पञ्जाबका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे। अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...