राजनीति

भिजिट भिसाबारे रमेश लेखकले भने : रोस्टममा उभिएर बोलेपछि थाहा पाउनुहुने छ

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए।

त्यसपछि गृहमन्त्री लेखकले समितिमा जबाफ दिँदा सबै सांसदहरूले जबाफ नपाउने भएकाले संसदमै जबाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरेका हुन्।

भिजिट भिसाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिरहेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक पनि मुछिएको भन्दै विपक्षी दलहरूले राजीनामाको माग गरेका छन्। विपक्षी दलले संसदमा अवरोध गर्दै आएका छन्।

‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरू, कर्मचारीहरू र केहीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र त्यस सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो। यो जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यहीँ जबाफ दिएर जान्थेँ। अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु,’ उनले भने।

सम्बन्धित समाचार

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...