बुधबार, भदौ ११, २०८२
English
Follow us:

महाराष्ट्रमा रेलबाट खस्दा चारजनाको मृत्यु, नौ घाइते

महाराष्ट्रमा रेलबाट खस्दा चारजनाको मृत्यु, नौ घाइते

  • खबर सेवा

  • सोमवार, जेष्ठ २७, २०८२

  • 124
    SHARES
महाराष्ट्रमा रेलबाट खस्दा चारजनाको मृत्यु, नौ घाइते
प्रतिकात्मक तस्बिर

काठमाडौं। यात्रुहरू रेलबाट खस्दा कम्तीमा चारजनाले ज्यान गुमाएका छन् भने नौजना घाइते भएका छन् । उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेसन नजिकै भएको हो, जुन मुम्बई सहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ ।

रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए ।

स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चारजनाको दुःखद निधन भएको छ । गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ । हाल सातजना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन् ।

मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यसलाई रेल ठोक्किने दुर्घटना नभई अत्यधिक भीडका कारण भएको घटना भएको स्पष्ट पारे ।

प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ । साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology