नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित
काठमाडौँ। आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ।
सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो। जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अङ्क जोड्न सफल भयो। यो सँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो।
नेपालको पेनाल्टी १० रन मार्फत खेल सुरु गरेको डच टोलीका लागि वाइजली ब्यारिजले ३६ रन बनाउँदा स्कट एडवार्डले ३० रन बनाए। त्यस्तै माइकल लेभिटले २७ रन बनाएका थिए। त्यस्तै क्याली क्लेइनले २५ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा नेजा निदमानुरुले १७ रन, नोहा क्रोसले २२ र रोलेफ भान डेरले १६ रन बनाए।
नेदरल्यान्ड्सलाई अलआउट गराउँदा आजै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नन्दन यादव र सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो। यादवले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर ३ विकेट लिंदा लामिछानेले १० ओभर बलिङ गर्दै ३९ रननै खर्चीएर ३ विकेटनै लिएका थिए। त्यस्तै ललित राजवंशीले २ विकेट लिंदा करण केसी र कुशल भुर्तेलले समान १र१ विकेट लिए।
त्यसअघि स्कटल्यान्डको डन्डीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले ८४ रन बनाउनु सर्वाधिक रह्यो। उनले ८५ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए। उनी बाहेक भिम सार्की र रोहित पौडेलले समान ३५र३५ रन बनाए। त्यस्तै ओपनर कुशल भुर्तेलले १८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १६ तथा बसिर अहमद र करण केसीले ११र११ रन बनाए। त्यस्तै नन्दन यादवले १० रन बनाएका थिए।
डच टोलीका लागि पउल भान मिकेरेनले ४ विकेट लिंदा माइकल लेभिटले ३ विकेट लिएका थिए। त्यस्तै आर्यान दतले १ विकेट लिएका थिए। अब नेपालले यहि सिरिजका टोलीसँग टी(२० सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




