अन्तर्वार्ता

अखिललाई मर्यादित बनाउँदै विद्यार्थी राजनीतिको साख जोगाउन मेरो अनुशासन आयोगमा उम्मेदवारी : मुना तिवारी [अन्तरवार्ता]

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनमा उम्मेदवारी दिने क्रम केहीबेर अघि सकिएको छ। नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पदाधिकारीमा उम्मेदवारी दिने क्रम लोभ लाग्दो देखिएको छ। एक अध्यक्षका लागि २ जनाको उम्मेदवारी पर्दा २ उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको छ। एक महासचिवमा ३ जनाले दाबी गर्दा ४ सचिवमा ३६ जनाको उम्मेदवारी परेको छ। यसैमध्येमा एमालेको अनुशासन आयोगको अध्यक्षमा उम्मेदवारी दिएकी छन्, मुना तिवारीले। अखिलमा ३ कार्यकाल केन्द्रीय सदस्य बनेकी उनी किन कार्यकारी भूमिका नरोजी आयोग भूमिकामा जान चाहिन्, उनीसँग गरिएको संक्षिप्त संवाद

अखिलमा अहिले महाधिवेशन चलिरहेको छ। अधिकांशले पदाधिकारीमा दाबी गर्दा तपाईंले चाहिँ किन आयोगको अध्यक्षमा उम्मेदवारी दिने सोच बनाउनुभयोे?

मलाई पदाधिकारीमा उम्मेदवारी दिने सोच नभएको त होइन। तर सबैसँग छलफल र संवादपछि मैले नयाँ जिम्मेवारीमा रहेर काम गर्ने योजना बनाए। मतलव, पदाधिकारीमै बसेपनि पदले केही हुने होइन, जिम्मेवारी पाउँदा मात्र काम गर्न सक्ने हो। म अनुशासन विभागमा रहेर जति काम गर्न सक्छु, त्यति नै पदाधिकारीमा रहेर काम गर्न सक्छु। मतलव, मैले संगठनलाई गर्ने योगदान आयोगमा हुँदा पनि बढी नै हुन्छ। त्यसैले यसपल्ट अनुशासन आयोग रोजेको हुँ।

अनुशासन आयोगमा रहेर के काम गर्न चाहनुहुन्छ?

-पहिलो कुरा त, अखिलभित्र मौलाएको बेथिति र बेसंगति हटाउने प्रयत्न गर्नेछु। अखिललाई मर्यादित बनाउँदै विद्यार्थी राजनीतिको साख जोगाउने काममा गतिशिल रहनेछु। विद्यार्थी राजनीतिभित्रको अनुशासनको विषयमा म प्रतिबद्ध रहनेछु। सबैभन्दा पहिले त म अनुशासित बन्ने छु। यसका साथै अरूलाई मर्यादा, नीति नियम, संगठनको विधानभित्र रहन अनुरोध गर्नेछु। समसामयिक राजनीतिमा हामीले खेल्नुपर्ने भूमिकाका विषयमा खुलेर बहस चलाउनेछु। विद्यार्थी राजनीतिमा रहेर गर्नुपर्ने योगदानका विषयमा संवादका विषयमा बोल्न सक्ने बनाउने मेरो प्रयत्न हुने छ।

यसअघि त आयोग अध्यक्षहरू त छायाँमा परेका इतिहास छ नि, तपाईं चाहिँ कसरी अपवाद बन्नुहुनेछ?

-मैले म अपवाद बन्छु भनेको छैन। म एमाले र अनेरास्ववियुको सिपाही हुँ। म यी साथै नेपालको संविधान, एमाले र अखिलको विधान पढेकी विद्यार्थी हुँ। म यी तिन विषयभन्दा बाहिर गएर काम गर्दिन। म आयोग अध्यक्ष रहदा समेत यी विधान वा यी तारबारभन्दा बाहिर जाने छैन। यसका अलावा, संगठनभित्र हरेक विषयमा बहस छलफल चलाउनु आवश्यक छ। युवा पलायनको विषय सधैँ उठिरहन्छ। युवा पलायनलाई कसरी रोक्न सकिन्छ साथै स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषय पनि बहस गर्न सक्नुपर्छ भन्ने लाग्छ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा लाग्नुभयो। विद्यार्थी राजनीतिले के दियो जसले सधै तपाई राजनीतिमा होम्मिरहनुभयो?

-राजनीति देशको नीति हो। म किन पनि भन्छु भने म कानुनको विद्यार्थी हुँ। साथै, म दुई विषयमा मास्टर गरेको विद्यार्थी हुँ। म सक्रिय विद्यार्थी हुँ। अबको नेतृत्व वा संगठनको नेतृत्व सक्रिय विद्यार्थीको हातमा रहनुपर्छ भन्ने मान्यता म राख्दछु। यसको मतलव, यसअघि सक्रिय विद्यार्थीको हातमा थिएन भन्ने होइन। तर, विद्यार्थी राजनीतिलाई समय, अध्ययन र स्वरोजगारसँग जोडेर हेर्दा सधै सफल भइन्छ। अर्को कुरा, राजनीतिले मलाई के दियो भन्ने कुराको जबाफ दिन सहज छैन। मतलव, म राष्ट्र र संगठनका लागि होमिएको सिपाही हुन्। मलाई त्यसमै भुलिन मन छ। मैले संगठनलाई के दिए भन्ने होइन कुरामा म मतलव लाग्छ।

पछिल्लो ताका अखिलमा प्यानल बनेको चर्चा छ। हजुर कुन प्यानलबाट हो?
-म गुटरहित राजनीतिको परिकल्पना गर्ने गर्दछु। यसको मतलव संगठनमा गुट छैन भन्ने होइन। तर, म भरसक आफू अब्बल सावित हुँदै विद्यार्थीबीच चिनिन चाहन्छु। न कि कसैको गुटबाट चिनिनु परोस्। यसैले म अहिले कुनै प्यानलमा छु जस्तो मलाई लाग्दैन।

अखिलमा चुनाव जित्न एमाले नेताको ग्रिन सिग्नल चाहिन्छ भनिन्छ? हजुरलाई छ कि छैन?
-म सबै एमालेका नेताहरू सबै चिन्छु। उहाँहरू मेरो अभिभावक हो। म पनि लामो समयदेखि अखिलको राजनीतिमा रहेकाले अधिकांशले चिन्नुहुन्छ। यसो भन्दैमा म प्यानलमा परे भन्ने होइन। मैले अघि पनि भने, म मेरो प्रयत्न, गुणस्तर र व्यवाहारमा भर पर्दछु। यसरी बुझ्नुहोस्, मलाई नेताहरूको ग्रिन सिग्नल छ पनि छैन, पनि।

चुनाव जित्ने कतिको विश्वास छ?
– म मैदानमा होमिएको छु। मैले चुनाव जित्ने नजित्ने प्रतिनिधिमा भर पर्छ। मलाई आशा छ, मेरा प्रतिनिधिले जिताउनुहुनेछ। म राजनीतिक शास्त्र र व्यवस्थापनमा स्नातकोत्तर हुँ। मैले जानेको राजनीतिक कुराकानी संगठनकै रहेर साथीहरूलाई सेयर गर्न चाहन्छु।

सम्बन्धित समाचार

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)

नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष...

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...