खेलकुद

स्कटल्यान्डमाथि नेदरल्यान्डको कीर्तिमान

काठमाडौँ। नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग २ मा घरेलु टोली स्कटल्यान्डलाई ४ विकेटको कीर्तिमानी जित हात पारेको छ।

३७० रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९।२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४ छक्कासहित १५८ रनको अविजित इनिङ खेले।

उनी नेदरल्यान्ड्सबाट ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। उनले वेस्ली ब्यारेसीले २०१४ मा केन्याविरुद्ध बनाएको १३७ रनको अविजित इनिङ्स कीर्तिमान तोडेका हुन्।

सन् २००६ मा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध पूरा गरेको ४३५ रनपछि यो ओडीआई इतिहासकै ठूलो सफलतापूर्वक रन पूरा हो। म्याक्स बाहेक नेदरल्यान्ड्सका माइकल लेभिटले ४४, कप्तान स्कट एडवार्ड्सले ३२, वेस्ली ब्यारेसी १५, तेजा निणामानिरु ५१ र नोहा क्रसले ५० रनको योगदान दिए।

स्कटल्यान्डका शफ्यान शरिफले ३, म्याकेन्जी जोन्स र मार्क वाटले १(१ विकेट लिए। त्यसअघि डण्डीमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३६९ रन बनाएको थियो।

स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १५० बलमा १४ चौका र ११ छक्कासहित १९१ रनको कीर्तिमानी इनिङ खेले । तीव्र गतिका बलर भिभियन किंग्माको बलमा बोल्ड भएपछि उनी दोहोरो शतक पूरा गर्ने पहिलो एसोसिएट क्रिकेटर बन्न ९ रनले चुकेका थिए।

स्कटल्यान्डका चार्ली टियर २३, ब्रेन्डन म्याकमुलेन २१, लियाम १४, म्याथ्यु क्रस ५९ र माइकल लिस्कले २९ रन जोडे।

माइकल लेभिट र अर्यान दत्तले २(२ तथा भिभियन किंग्मा र रोेलेफ भान डर मर्वेले १-१ विकेट लिए।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...