तनाव रोक्न र शान्तिको बाटो रोज्न इजरायल र इरानलाई संयुक्त राष्ट्र संघको आग्रह
काठमाडौँ। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन्। ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनु पर्छ,’ उनले भनेका छन्।
युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन्। उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ । तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’
उर्सुला भोन डर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेकी छन्। शुक्रबार इसराइलले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि इरानले जवाफमा इसराइलतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसयता दुवै देशबीचको तनाव तीव्र बन्दै गएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




