अवरोधकैबीच चलिरहेको छ प्रतिनिधिसभा बैठक
काठमाण्डौं। प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
बैठकमा विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जनाएको छ।
दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई समय दिएका छन्।
घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसद खुलाउन सहमति गरे पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेपछि आइतबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
छलफलमा रास्वपा र राप्रपाले सदनमा अवरोध जारी रहने अडान लिएका हुन्। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट आफूहरू पछि नहटेको बताएका थिए।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि सदनको अवरोध जारी रहने बताएका थिए। उनले पनि छानबिन समिति नबन्दा सम्म विरोधका कार्यक्रम जारी रहने बताएका थिए।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सहमति गरेपछि शुक्रबार रास्वपाको विरोधका बाबजुद पनि संसद चलाइएको थियो। संसदमा गृहमन्त्रीले जबाफ दिइरहँदा रास्वपाले वेल घेरेर नाराबाजी गरेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
चितवन २ मा रवि लामिछाने विजयी
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...
काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ। काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार...




