नेप्से स्थिर
काठमाडौं। आइतबार नेप्से परिसूचक स्थिर रहेको छ। गत कारोबार दिन अर्थात् बिहीबार २६५५.२८ विन्दुमा बन्द भएको नेप्से आइतबार २६५५.८५ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।
बिहीबार १२ अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ११ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब सात करोड रूपैयाँ कमी आएको हो। आज ३०८ वटा धितोपत्रको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भएको हो। आइतबार ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ।
यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
नेपाल हाइड्रो डेभलपरको मूल्य सर्वाधिक ४।४३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७०१ रूपैयाँ १४ पैसामा झरेको छ। मिड सोलु हाइड्रोपावरको मूल्य ३.८४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१९ रूपैयाँ २७ पैसा कायम भएको छ।
आइतबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६७४ रूपैयाँमा ८९ करोड एक लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२८ रूपैयाँ ५० पैसामा ८७ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १।४७ प्रतिशतले बढेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




