गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट
गण्डकी। गण्डकी सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। यो अघिल्लो वर्षभन्दा कम बजेट विनियोजन हो।
अर्थमन्त्री डा। टकराज गुरुङबाट प्रस्तुत सो बजेटमा चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात् ३९।५ प्रतिशत तथा पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात् कुल विनियोजनको ५९।७ प्रतिशत रकम विनियोजित भएको छ। वित्तीय व्यवस्थापनको लागि अर्थमन्त्री गुरुङले २५ करोड रुपैयाँ विनियोजन गरेका छन्।
बजेटको स्रोतको रुपमा अर्थमन्त्रीले वित्तीय समानीकरण अनुदानबाट वित्तीय ७ अर्ब ७३ करोड ८९ लाख,ससर्त अनुदानबाट ९ अर्ब ७९ करोड, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख, समपुरक ६३ करोड ९७ ,विशेष अनुदानबाट ४८ करोड ८६ आउने अनुमान गरिएको छ।
‘आत्मनिर्भर र समुन्नत प्रदेश स् सुखी प्रदेशबासी’ को नारासहित ल्याइइएको बजेटमा प्रदेश सरकार स्वयंले आन्तरिक राजस्व परिचालनबाट चाहिँ ५ अर्ब ४५ करोड ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ। त्यसो हुँदा बजेटमा २ अर्ब २४ करो्ड बचत हुने न्यून हुने र १ अर्ब ५४ लाख यो वर्षको बजेटबाट संचित हुन आउँदा त्यसलाई पनि उपयोग गरिने अर्थमन्त्री गुरुङको भनाइ छ।
चालू आर्थिक वर्ष २०८२र०८३ मा गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ अर्ब ८५ लाख ७५ हजारको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
आर्थिक मामिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजीगततर्फ ४०।३ र चालुतर्फ ४२।५ प्रतिशत गरी ६८ प्रतिशत अर्थात् चालुमा ५ अर्ब ५९ करोड र पुँजीगतमा ७ अर्ब ८७ करोड रुपैयाँको हाराहारीमा खर्च भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




