
काठमाडौँ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी २०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ।
खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।
यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भयो।
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म भएका टी २०आई खेलहरूमा ७ खेल नेदरल्यान्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ।