समाचार

 सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ

काठमाडौँ। इलामको सूर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो।

परीक्षणका क्रममा ती गहनामा सुनचाँदीको जलप लगाएको पुष्टि भएको थापाले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ।

सम्बन्धित समाचार

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...

काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना

काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना

काठमाडौं। काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने...

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...

लागुऔषधसहित सातजना पक्राउ

लागुऔषधसहित सातजना पक्राउ

झापा। लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।...