बुधबार, माघ २३, २०८१
English
Follow us:

पोखरा बनाउने प्यासन र प्लानसहित आएको छुः गठबन्धनका उम्मेदवार आचार्य

पोखरा बनाउने प्यासन र प्लानसहित आएको छुः गठबन्धनका उम्मेदवार आचार्य

  • खबर सेवा

  • आइतवार, बैशाख १८, २०७९

  • 18
    SHARES

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् ।

‘पोखरा बनाउन चार कुरा चाहिन्छ,’ उनले भने, ‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै उनले भने, ‘सधैंभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै बस्नेहरु छन् यहाँ हाम्रा प्रतिष्पर्धीहरु । तर, हामी बनाउने योजना र कार्यान्वयन गर्ने आधार बनाएर आएका छौं । एकपटक विश्वास गरेर मतदान गरिदिनुस् ।’

उम्मेदवार आचार्यले गठबन्धनलाई मजबुत बनाउन पोखराका सबै वडामा साझा उम्मेदवार चयन गर्नुपर्ने बताए । त्यसका दलहरुलाई आग्रह गर्दै उनले भने, ‘वैशाख २० गतेसम्ममा साझा उम्मेदवार चयन गरौं, त्यसले एकताको सन्देश दिन्छ । त्यसो भयो भने हामी सजिलै जित्छौं ।’

कार्यक्रममा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन मुलुकको आवश्यक्ता भएको बताइन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रियता संरक्षणका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘गठबन्धनले जितेन भने फेरीपनि संविधान, लोकतन्त्र, राष्ट्रियता खतरामा पर्छ, त्यसको संरक्षणका लागिपनि गठबन्धनले जित्नुपर्छ ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology