राजनीति

आफ्नै निर्णयबाट पछि हटे बालेन

काठमाण्डौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि हटेका छन्।

केही समयअघि साहले चारजनाको वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी दिएका थिए।

मेयर साहले हचुवाका भरमा निर्णय गर्दै मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिबाट हटाएर अरुलाई जिम्मेवारी दिएका थिए ।

उनीहरूले कार्यपालिकाको बैठकबिना आफूखशी निर्णय नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका थिए । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।

विधायन समितिको जिम्मेवारी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय कार्यपालिका बैठक राख्न नसकिरहेका बेला मेयर साहलाई जनप्रतिनिधि र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् ।

उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह आफ्नो गरेका निर्णयबाट पछि हटेका हुन् ।

सम्बन्धित समाचार

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...

एमालेले कहाँ कहाँ लियो अग्रता?

एमालेले कहाँ कहाँ लियो अग्रता?

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...