अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं। सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ। नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा झरेको दिन ११ अर्ब २३ करोडको खरिदबिक्री भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २ करोड ९४ लाख कित्ता सेयर बिक्रीपछि सो परिमाणमा कारोबार भएको हो।यस दिन ४७ वटा सेयरको मूल्य बढ्दा २०१ वटाको घटेको छ।

बिहीबार पञ्चकन्या माई हाइड्रोपावर ९.९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् ५.५५ प्रतिशत, शिवश्री हाइड्रो ४.०४ प्रतिशत, पाँचथर पावर कम्पनी ३.५९ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनी ३.२३ प्रतिशतले बढेको छ।

त्यसैगरी पियोर इनर्जी १० प्रतिशत, रसुवागढी हाइड्रो १० प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट ९.९९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट ६.४४ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंक ५.९० प्रतिशतले घटेका छन्।

सर्वाधिक कारोबार भने ङादी ग्रुप पावरको भएको छ। कम्पनीको ८५ करोडको कारोबार भयो। यसबाहेक बुटवल पावर कम्पनीको ५८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...