नेदरल्याण्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १७५ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर नेपालले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । शतकबनाउँन १४ रनले चुकेका लेविट करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच हुन पुगे ।
पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ३३ बलमा ६३ रनको अर्धशतकी साझेदारी गरे । दुईबीचको महत्वपुर्ण साझेदारी सन्दीप लामिछानेले तोडेका थिए । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गर्दै साझेदारी तोडेका थिए ।
रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप, रुपेस सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा भीमले टि ट्वान्टी आईमा डेब्यु गरेका हुन् । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।
यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ ।उता, सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ।
सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




