रविमाथि प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान
काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।
लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको लागि सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् । रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले देशका लागि धेरै काम गर्दा रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने काम भएको भन्दै उनले अब जनताले रास्वपालाई साथ दिनुपर्ने उल्लेख गरे ।
अर्यालले १२ लाख भन्दा बढी जनताले दिएको मत सदुपयोग गर्न आफूहरू खटिरहेको भन्दै रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको जिकिर गरे । उनले राज्यको निकायमा रास्वपाको प्रभावकारी उपस्थिति भए अहिले भ्रष्टाचार गर्नेहरू देश छाडेर भाग्ने अवस्था आउने बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...
एमालेले कहाँ कहाँ लियो अग्रता?
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता
काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...




