१० ठाउँमा अवरुद्ध रहेका सडक ७ ठाउँमा खुल्यो
सर्लाही। पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ।
अझै तीन स्थानमा सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। यहाँ हिजो यात्रुबाहक गाडी नै बगाएको थियो भने यात्रुलाई सकुसल उद्धार गरिएको थियो।
रोल्पाको त्रिवेणी गाउँपालिका ७ जङ्डाँडामा पहिरोले घोराही–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ। पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ। ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए।
उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ। यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ।
जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
शुक्रबारबाट देशभर नै मनसुन फैलिएकाले देशभर नै मनसुनै वायुको प्रभाव रहेको छ। जसका कारण जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




