गोरखा पालुङटारमा कांग्रेसका ५२ उमेदवारले दिए सामूहिक राजीनामा
केन्द्रले जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उम्मेदवारी फिर्ता गराएपछि गोरखा पालुङटार नगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।
कांग्रेस केन्द्रले गोरखामा जसपा नेतृत्व दिने गरी परिपत्र गरेर उम्मेदवारी फिर्ता गराएपछि सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् ।
नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उम्मेदवार फिर्ता गराइएको उनीहरूको भनाई छ ।
मेयरको उम्मेदवार रहेका दीपकबाबु कँडेलले केन्द्रको निर्देशन मान्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि उक्त नगरमा कांग्रेसका उम्मेदवार रहेका सबैले उम्मेदवारी फिर्ता गरेका हुन् ।
साथै नेपाली काँग्रेस पालुङटारले कसैको दवावमा आएर आफ्नो नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक रहेको बताएका छन । साथै उक्त घटनको विरोध समेत गरेका छन् ।
“निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारीसमेत गराउन चाहन्छौँ,” सामूहिक राजीनामामा भनिएको छ,“विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराइको दबाबकै कारण नेपाली काँग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गरी अन्य कुनै पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपरेमा नेपाली काँग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रूपमा राजीनामा दिने निर्णय गर्दछौँ।”
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




